नदी दोहन गर्ने कसैलाई संरक्षण नगर्ने बुटवलका मेयरको घोषणा : रुपन्देही सिडिओको नेतृत्वमा तिनाउ नदीमा अनुगमन

evccfn@gmail.com' rastriyakhabar
७ माघ २०७९, शनिबार ०८:४१

बुटवल । लुम्बिनी प्रदेश रुपन्देही सिडिओको नेतृत्वमा तिनाउ नदीमा अनुगमन भएको छ ।
तिनाउ नदीमा विभिन्न आयोजनाको नाममा भएको नदी दोहनकोबारेमा समाचार बाहिरिएपछि माघ ६ गते शुक्रबार वुटवल उपमहानगरपालिकाको मेयर खेलराज पाण्डे, प्रशासकीय अधिकृत टेकराज पन्थी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे जिल्ला प्रहरी कार्यलय रुपन्देहीको प्रमुख रविन्द्र रेग्मी, जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुख लगाएतका टिमले अनुगमन गरेको हो ।

मिसन भण्डाफोरको टिम र सारा खबरको विशेष टिमले तिनाउ नदीमा करिडोर निर्माण गर्ने क्रममा बानीय निर्माण सेवा कम्पनीले सरकारी मापदण्ड पुरागर्नुपर्ने वातावरणीय प्रभाव मुल्याङ्कन तथा नदि जन्य पदार्थको उत्खनन् गर्दा अपनाउनुपर्ने न्युातम् मापदण्ड समेत पुरा नगरि तिनाउ नदीमा स्काई भेटर लगाई बालुवा ,गिटी ,ढुङ्गा निकालेर राति राति ओसार पसार गरेको समाचर प्रशारण गरेपछि जिल्लाकै उच्च तहबाट अनुगमन भएको हो ।

अनुगमन टोलिले शनिवार सर्बपक्षिय बैठक बसेर उचित निर्णय नगर्दा सम्म त्यस क्षेत्रमा भएका सम्पुर्ण गतिबिधि हरु माथि रोक लगाएको छ ।
रात भर टिपर र ट्याक्टर हिडेर सुत्न नपाउने तथा धुलो र धुवाँले स्वास्थ्यमा समेत गम्भिर असर गरेको भन्दै स्थानियहरुले गुनासो गरे पछि वडा कार्यालय तथा बुटवल उप महानगरपालिका एक्सनमा उत्रिएको हो ।
शुक्रबार भएको अनुगमनका क्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे ले यो भन्दा अगाडी गरिएका अनुगमन प्रभावकारी नभएकोले आफैं फिल्डमा उत्रिएको बताउनु भयो ।
नदिजन्य पदार्थको दाहनको कारण तिनाउ नदि गहिरीदै जाँदा खानेपानिको मुहान सुक्ने तथा वातावरणमा समेत प्रभाव पारेकोले यो कार्यलाई रोक्न आफु लागि परेको मेयर पाण्डेको दावी छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख ५, २०८१