विदेश जाने अवस्था शून्यमा पुर्‍याउँछु : नवनियुक्त श्रम मन्त्री

suman100@gmail.com' suman basnet
४ माघ २०७९, बुधबार १२:२१

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।

मङ्गलवार श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदबहालीका क्रममा सञ्चारकर्मीसँग उहाँले नेपाली विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्‍याउने बताउनुभयो । उहाँले नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको विकास कल्पना बाहिरको हुन्छ’, उहाँले भन्नुभयो ।

स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारी बाध्यात्मक रहेको मन्त्री अर्यालले बताउनुभयो । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर पठाउनेमा आफ्नो ध्यान केन्द्रित हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘दक्ष भएर विदेश नजाँदासम्म श्रमिकले दुःख पाइरहेको अवस्था छ’, उहाँले भन्नुभयो, ‘त्यसको निराकरणका लागि मैले काम गर्छु ।’ मन्त्रालयले समन्वय गरेर स्वदेशमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गरिने मन्त्री अर्यालको भनाइ छ । ‘बाध्यताले नभइ चाहेरमात्र विदेश जाने अवस्था सिर्जना गर्ने मेरो लक्ष्य हो’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१