स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्की हुने भएकी छन् ।
मंगलबार बिहान बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकमा सभापति रवि लामिछाने नयाँ मन्त्रीहरुको नाम टुंग्याउने क्रममा डा कार्कीलाई स्वास्थ्य राज्यमन्त्रीको रुपमा पठाउने निर्णय गरेका हुन् ।
पार्टीले पाएको स्वास्थ्य राज्यमन्त्री पदमा डा तोसिमा कार्कीलाई पठाउने कुरा भएको छ । स्वतन्त्रकी सांसद निशा डाँगीले नेपाली हेल्थलाई बताईन् ।
स्वास्थ्य मन्त्रालय यसपटक नेकपा एमाले र राष्टिय स्वतन्त्र पाटीले बाड्ने निर्णय भएको थियो । स्वास्थ्य मन्त्री भने एमालेका पदम गिरी हुने भएका छन् ।
प्रतिक्रिया