बंगलादेशमा आयोजना हुने चौथो अन्तर्राष्ट्रिय खुल्ला करांते च्याम्पियनशिप २०२३मा गोकर्णेश्वर नगरपालिकाको तोयाकान नेपाल बादोरियो कराते डो संघ बाट सहभागी हुने खेलाडीहरुलाई बिदाइ गरिएको छ।
मंगलबार गोकर्णेश्वर नगरपालिका वडा नं ५ को कार्यालय परिसर जोरपाटीमाअन्तर्राष्ट्रिय खुल्ला करांते च्याम्पियनशिप २०२३मा गोकर्णेश्वर नगरपालिका बाट सहभागी हुने अफिसियल सहित खेलाडीहरुलाई बीच नगर प्रमुख दिपक कुमार रिसाल, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष संजय लामा नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापति कुमार लामा , समाज सेवी शम्भु अधिकारी फुर्साङ लामा लगायतले जित को शुभकामना सहित बिदाइ गरेका हुन ।
प्रतिक्रिया