नेसनल प्याब्सनको २५ औँ स्थापना दिवस तथा रजत महोत्सव सम्पन्न

suman100@gmail.com' suman basnet
२८ पुष २०७९, बिहीबार १०:२७

कार्यक्रमलाई सम्बोधन गरेका अधिकांश अतिथिहरूले नेसनल प्याब्सनले प्राप्त गरेको सफलताका लागि बधाई दिँदै निजी विद्यालयको समस्या, चुनौती र सम्भावनाका बारेमा व्याख्या गरेका थिए भने निजी विद्यालयहरूको समस्या समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री अब्दुल खानले वर्तमान सरकार निजी विद्यालयको स्थायित्वका लागि मिलेर काम तयार रहेको बताउँदै मुलुकको शिक्षा क्षेत्र तथा निजी विद्यालयको उन्नतिका लागि धारणा पत्र माग गरे। उनले प्राप्त धारणा पत्र अनुसार नै शिक्षा नीति अवलम्बन गरिने आश्वासन दिए।

कार्यक्रममा नेसनल प्याब्सनले आफ्ना संस्थापक संयोजक वसन्त बहादुर श्रेष्ठ, पूर्व अध्यक्षहरू गीता राणा, टिका प्रसाद उप्रेती, कर्णबहादुर शाही तथा निवर्तमान अध्यक्ष ऋतुराज सापकोटालाई अभिनन्दन गरेको थियो । त्यस्तै केन्द्रीय समितिको विभिन्न कार्यक्रमहरूमा सहयोग पुर्‍याउने जिल्ला समितिहरू क्रमशः बाँके, कपिलवस्तु र तनहुँ जिल्ला समितिहरूलाई सम्मान गरिएको थियो । नेसनल प्याब्सनको विभिन्न समितिहरूमा रही संस्थालाई अघि बढाउन योगदान गर्ने पूर्व वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराई, सप्तरी जिल्ला पूर्व अध्यक्ष इन्जिनियर बौकु शाह तथा रुपन्देही जिल्ला पूर्व अध्यक्ष देउ प्रकाश राईलाई उक्त अवसरमा प्रशंसा पत्र प्रदान गरिएको थियो। बुधवार साँझ नै नेसनल प्याब्सनको स्थापना देखिका विविध गतिविधि समेटिएको डकुमेन्ट्री प्रदर्शन तथा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१