गोकर्णेश्वर नगरपालिका र नेपाल अर्थोपेडिक अस्पताल बीच सम्झौता

suman100@gmail.com' suman basnet
२७ पुष २०७९, बुधबार १६:०९

गोकर्णेश्वर नगरपालिका र  नेपाल अर्थोपेडिक अस्पताल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।शुक्रबार नगरपालिकामा भएको उक्त सम्झौता बमोजिम गोकर्णेश्वर नगरपालिकाका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकहरुले नेपाल अर्थोपेडिक अस्पताल  जोरपाटीमा ३० प्रतिशत छुटमा उपचार गर्न पाउने भएका हुन।उक्त सम्झौतामा नगरपालिकाको तर्फ बाट  नगर प्रमुख दिपक कुमार रिसाल उप प्रमुख सान्नानी लामार प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाको हस्ताक्षर रहेको छ भने अस्पतालको तर्फ बाट नेपाल अपाङ्ग संघ – नेपाल अर्थोपेडिक अस्पतालका अध्यक्ष साम्देन लामा मेडिकल निर्देशक कैलाश कुमार भण्डारी र प्रमुख प्रशासक श्याम प्रसाद रुपाखेतीको हस्ताक्षर रहेको छ ।उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामा लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१