सप्तरीमा स्रोत नखुलेपछि ५२ लाख नगदसहित दुई पक्राउ

suman100@gmail.com' suman basnet
२५ पुष २०७९, सोमबार १२:०२

सप्तरीमा स्रोत नखुलेको ५२ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।

बोदेबरसाइन नगरपालिका-५ बरसाइन बजारबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशकुमार सिंहले जानकारी दिए।

बोदेबर्साइन-९ देउरी बस्ने ३२ वर्षीय रामविलास साह तेली र वडा ७ बस्ने ५० वर्षीय मायानन्द झा पक्राउ परेका हुन्।

उनीहरूले बरसाइन बजारमा रहेको कौशल किशोर यादवको घरको कोठा भाडामा लिएका थिए।

आइतबार बिहान साढे ११ बजे उक्त कोठामा हुन्डी कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। काठमाडौंबाट सिआइबीका प्रहरी निरीक्षकको कमान्डमा टोली पनि खटिएको थियो।

सिआइबी र इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको टोली उक्त कोठामा पुगेको थियो। खोजी गर्नेक्रममा खाटमाथि कपडाले छोपेर राखेको अवस्थामा २८ लाख ८९ हजार ५ सय रुपैयाँ बरामद भएको डिएसपी सिंहले बताए।

यस्तै रामविलास तेलीले बोकेको कालो ब्यागबाट १५ लाख र मायानन्दले बोकेको झोलामा ९ लाख बरामद भएको हो।

प्रहरीले उनीहरूबाट जम्मा ५२ लाख ८९ हजार ५ सय रुपैयाँ बरामद गरेको डिएसपी नरेशकुमार सिंहले बताए।

साथै हिसाब लेखिएको पाँच वटा कापी पनि प्रहरीले बरामद गरेको हो। उनीहरूमाथि थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१