प्रतितोला १ हजार रुपैयाँ बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

suman100@gmail.com' suman basnet
२४ पुष २०७९, आईतवार ११:५५

आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। शुक्रबार तोलामा आठ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१