क्यान्सरबाट जोगिने १० उपाय

suman100@gmail.com' suman basnet
२४ पुष २०७९, आईतवार ११:२३

खानपान आहारविहार र जीवनशैलीमा ध्यान दिने हो भने ४० प्रतिशत क्यान्सर रोग निको हुन्छ । तर हामीले ध्यान नदिदा निको हुन सक्ने क्यान्सरबाट अनाहकमा ज्यान फालि रहेका छौ । के के मा ध्यान पुर्याउने त ?

१. सूर्तिजन्य पदार्थ सेवन नगर्ने : क्यान्सर रोगको प्रमुख कारक सूर्तिजन्यपदार्थ हो । कसैले यसले फोक्सो र मुखको क्यान्सर मात्रै बनाउछ भन्ने गरेको सुनेको छु । तर त्यो गलत हो । सूर्तिजन्य पदार्थमा भएका ४ हजार बढी हानिकारक रसायनमध्ये ४० वटा बढी शीर देखी पाउसम्मको सबै क्यान्सर बनाउने रसायन हुन्छ । त्यसैले यसको सेवन गर्नुहुदैन ।

२. बासी सडेगलेको डुसी खाना नखाने : कतिपयले बासी तथा सडेगलेको खानेकुरा तताएर वा ढुसीफालेर खाने गरेको देखिन्छ तर त्यहि खाना क्यान्सर रोगको कारक बन्न सक्छ । यस्ता खानामा क्यान्सर गराउने तत्व ‘एङ्खलाटोक्सिन’ पाइन्छ । यसले सजिलै क्यान्सर उत्पत्ती गराउछ । त्यसैले यस्तो खाना खानु हुदैन ।

३. मदिरापान नगर्ने : मदिरापानको अत्यधिक सेवनले पनि क्यान्सर   हुनसक्छ  । अत्यधिक पदिरापान गर्ने व्यक्तिलाई खासगरी पाचनप्रणाली, कलेजो, ठूलो आन्द्रा र कोलोरेक्टल, स्तन , गदद्धार लगायतमा क्यान्सर हुने गर्छ ।

४. खानपानमा ध्यान पुयाउने : खाद्यपदार्थमा मिसाएका किटनासक औषधि र रसायनीक मल, विसादी हालिएका तरकारी – फलफुल तथा खाद्य पदार्थको प्रयोगले मुख, आमासय, अन्ननली आदिको क्यान्सर लाग्न मद्त गर्छ । पालिस लगाएका चामल, औषधि हालेर पकाएका फलफुलको सेवन पनि क्यान्सर रोगका कारक बन्न सक्छन ।

५. रातो मासु कम गर्ने : रातो मासु क्यान्सर रोगको लागि अनुकुल बन्न जान्छ। त्यसैले रातो मासु सकेसम्म नखाने । खानैपरे वोइल गरेर खाने । मासु खाने नै भए कुखुरा र माछा ठिक हुन्छ । अब चाड पर्ब लाग्यो मासुको सेकुवा बनाएर खानेचलन छ । त्यसरी पोलेको मासुले क्यान्सर रोगका लागिअनुकुल अवस्था बनाउछ ।

६. दैनिक ४५ मिनेट व्यायम : क्यान्सरलाई मात्रै होइन । व्यायम शरीरमा लाग्न सक्ने सबैखाले नसर्ने रोगका लागि प्रमुख अस्त्र हो । त्यसैले दैनिक कम्तीमा ४५ मिनेट व्यायम गरि पसिना निकाल्ने । व्यायमले तौल घटदा मोटोपनाबाट देखिनसक्ने क्यान्सर सहितका अन्य नसर्ने रोगहरु भाग्छ ।

७. धुलो धुवाबाट जोगिने : क्यान्सर लाग्ने कारणमध्ये धुलोधुवा र प्रदुतिश बाताबरण पनि हो । यस्तो बाताबरणमा बेन्जाइन, आर्सेनिक, क्याडमिउम जस्ता हानिकारक तत्वहरु भेटिन्छ । जसबाट यसले फोक्सो, घाटी तथा अन्य महत्वपूर्ण अंगको क्यान्सर हुन सक्छ ।

८. चर्कोघाममा नबस्ने : लामो समय चर्कोघाममा बस्दा पनि सूर्यबाट आउने विकिरणले छालाको क्यान्सर गराउन सक्छ । त्यसैले लामो समय चर्कोघाममा बस्नु हुदैन । यदि बस्नै परे छाता ओडेर वा छालालाई कपडाले छोपेर बस्नु पर्छ । यसले विकिरण सिधै छालामा प्रवेश गर्न सक्दैन ।

९. पाठेघरको जाच गर्ने : विवाहित महिलालाई पाठेघरको मुखको क्यान्सर हुने सम्भावना भएकोले विवाहित महिलाले प्रत्येक दुई दुई बर्षमा पाठेघरको श्राव परीक्षण गर्नुपर्छ । यसपरीक्षणबाट क्यान्सर लाग्नु भन्दा पूर्वको अवस्था थाह पाएर उपचार गरेमा क्यान्सर हुन पाउदैन ।

१० मौसम अनुसारको फलफुल खाने : मौसम अनुसारको ताजा हरियो सागपात बन्दाकोबी, फर्सी , ब्रोकाउली र फलफुलहरु नियमित खाने । तर बेमौसमी तरकारी तथा फलफुलमा रसायनिक पदार्थ बढी प्रयोग हुने भएकोले सकेसमम नखाने गर्नु राम्रो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१