‘पठान’ का दृश्य सेन्सरले काटिदियो

suman100@gmail.com' suman basnet
२२ पुष २०७९, शुक्रबार १५:१२

बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ सेन्सरमा १० स्थानमा काटिएको छ।

भारतीय सञ्चार माध्यम बलिउड हंगामाका अुनसार सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनका अध्यक्ष प्रसुन जोशीले फिल्मको १० स्थानमा काट्न आदेश दिएका हुन्। जसमध्ये अधिकांश संवाद छन्।

फिल्ममा समावेशी गीत ‘बेशरम रंग’ मा पनि केही दृश्य परिवर्तन गरिएको छ। यस गीत सार्वजनिक भएपछि फिल्म विवादमा फसेको थियो।

उक्त गीतमा अभिनेत्री दीपिकाको पहिरन र पहिरनको रंगले हिन्दु धर्मको अपमान गरेको भन्दै आपत्ति जनाइएको छ। गीतमा तीन परिवर्तन गरिएको छ।

हिप्सको क्लोज अप सट, साइड पोज (आंशिक नग्नता) सटहरू र ‘बहुत तंग किया’ गीतको क्रममा देखाइएको कामुक दृश्यहरू हटाइएको हो तर सिबिएफसीको कट लिस्टमा यस कुरालाई उल्लेख गरिएको छैन। साथै गेरु रंगको पहिरन हटाइएको या नहटाइएको स्पष्ट पारिएको छैन।

दुई ठाउँमा ‘रअ’ शब्दको सट्टा ‘हमारे’ र ‘लंगडे लुल्ले’ को ठाउँमा ‘टुटेफुटे’ राखिएको छ। ‘पिएम’ शब्द हटाइएर राष्ट्रपति वा मन्त्री राखिएको छ।

यस्तै ‘अशोक चक्र’ को सट्टा ‘वीर पुरस्कार’, ‘पूर्व केजीबी’ को सट्टा ‘पूर्व एसबीयू’ र ‘श्रीमती भारतमाता’ शब्द हटाएर ‘हमारी भारतमाता’ राखिएको छ।

‘इसे सस्ती स्कच नही मिली’ संवादमा ‘स्कच’ को सट्टा ‘ड्रिंक’ राखिएको छ भने ‘ब्ल्याक प्रिजन, रुस’ को ठाउँमा ‘ब्ल्याक प्रिजन’ मात्र राखिएको छ।

सेन्सरले यी दृश्यहरू काटेपछि फिल्मलाई युए सर्टिफिकेट दिएको छ। फिल्म २ घण्टा २६ मिनेट लामो छ।

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख र दीपिकासँगै जोन अब्राहमको पनि मुख्य भूमिका छ।

जनावरी २५ मा फिल्म हिन्दी, तमिल र तेलुगू भाषामा प्रदर्शन हुनेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, साउन १२, २०८१