पसलमा आगलागी हुँदा ३० लाखभन्दा बढीको क्षति

suman100@gmail.com' suman basnet
२१ पुष २०७९, बिहीबार १३:३९

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाको एक पसलमा आगलागी भएको छ। बुधवार राति चन्द्रौटा चोक नजिकै रहेको किड्स क्याम्प एन्ड गिफ्ट सपमा आगलागीले क्षति पुर्‍याएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

आगलागीका कारण पसलमा रहेका सबै सामान पूरै जलेर नष्ट भएका छन्। कस्मेटिक सामान, कपडा, गिफ्ट सामान लगायतका सामग्री सहित रु ३० लाखभन्दा बढीको क्षति भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

राति अन्दाजी ९ बजेदेखि लागेको आगो करिब १ घण्टापछि शिवराज नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो।

आगलागी भएको जानकारी पाएपछि पसल सञ्चालक सावित्री चन्द बेहोश भएकी थिइन्। सावित्रीका पति किरणबहादुर चन्दका अनुसार पसलमा रहेका सबै सामान जलेको छ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०