मधुमेहबारे थाहा पाउनुपर्ने १० कुरा

suman100@gmail.com' suman basnet
२१ पुष २०७९, बिहीबार १३:३३

१. अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसारभर ५३ करोड ७० लाख मानिस मधुमेह रोगबाट ग्रसित छन् ।

२. अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदयरोग, मिर्गौलाले काम नगर्ने अवस्था र असामायिक निधनको प्रमुख कारणको रुपमा मधुमेह देखिएको छ ।

३. हरेक तीन मध्ये एकजना मधुमेहका बिरामीमा आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारले दृष्टीमा क्षति ब्यहोर्नु पर्ने हुन्छ । प्रत्येक दुई मध्ये एक बयस्कमा मधुमेह रोगको निदान भएको छैन ।

४. संसारमा प्रत्येक १० जना मध्ये १ जनामा मधुमेह देखिएको छ । गर्भावस्थामा रहँदा प्रत्येक ६ जनामध्ये १ जनामा मधुुमेह प्रभाव देखिन्छ । मधुमेह भएका व्यक्तिलाई यसबाट हुने असरको व्यवस्थापन गर्न नियमित शिक्षाको पहुँच पुर्‍याउन जरुरी छ ।

५. आँखामा देखिने समस्याहरु मध्ये डायवेटिक रेटिनोप्याथी दृष्टिविहिन गराउने कारणहरुमध्ये एक प्रमुख कारण हो । मधुमेहका व्यक्तिहरुमा अन्य व्यक्तिको तुलनामा दुई गुणा बढि हुन्छ भन अन्धोपनको समस्या २५ औँ  गुणा बढि हुने गर्दछ ।

६. मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिव सबै र दोश्रो प्रकारको मधुमेहमा करिव दुई तिहाई बिरामीको आखाँको पर्दा अर्थात रेटिनामा असर परिसकेको हुन्छ ।

७. मधुमेह भएका व्यक्तिमा आँखा धमिलो हुँदा सम्म रेटिनामा अपुरणिय क्षति भईसकेको हुन्छ । आँखामा धेरै असर गरिसकेपछि मात्र रोगको बारेमा थाहा हुन सक्छ जति बेलाउपचार पश्चात पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुन्छ ।

८. मधुमेहले आँखाको पर्दाको रक्तकोशिकाहरुमा असर गरि पर्दाको रक्तसंचारमा प्रभाव पार्दछ । जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुनगई दृष्टि कमजोर हुन जान्छ ।

९. संसारमा कुल अन्धोपना मध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना यहि डायवेटिक रेटिनोपेथीको कारणले हुने गरेको र आँखामा मधुमेहले पार्ने असर बारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाईएको छ ।

१०. यदि आँखाको पर्दामा असर छ भने उपचार पश्चात अवस्था अनुसार नेत्रविशेषज्ञले भने बमोजिम नियमित आँखा परीक्षण गराउनुपर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०