कुखुरा फर्ममा आगलागी हुँदा बालकको मृत्यु

suman100@gmail.com' suman basnet
२१ पुष २०७९, बिहीबार १२:०७

सिन्धुपाल्चोकमा कुखुरा फर्ममा आगलागी हुँदा बालकको मृत्यु भएको छ।

बिहीबार बिहान ९ बजे बलेफी गाउँपालिका-४ लप्सेमा रहेको लप्से युवा पशुपंक्षी फर्ममा आगलागी हुँदा एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए।

वडा ४ का वडाध्यक्ष सुर्के तामाङले उक्त फर्म सञ्चालन गर्दै आएका थिए।

त्यस फर्ममा काम गर्ने २५ वर्षीय निर्जला कार्कीका ३ वर्षीय छोरा निर्जलको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको डिएसपी बुढाथोकीले बताए।

सवा १० बजे प्रहरी र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो। आगलागीबाट अन्दाजी ६ लाख १४ हजार बराबरको क्षति भएको छ।

आगलागी कसरी भएको भन्नेबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०