कबड्डी खेल्दाखेल्दै टिम क्याप्टेनको मृत्यु

suman100@gmail.com' suman basnet
२१ पुष २०७९, बिहीबार ११:१५

झापाको दमकमा कबड्डी खेल्दाखेल्दै एक खेलाडीको मृत्यु भएको छ। सङ्खुवासभाको भोट खोला गाउँपालिका-४ स्थायी घर भएका १८ वर्षीय लाप्चक भोटे कबड्डी खेल्दा बेहोस भएका थिए ।खेलका लागि दमक-४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमाको मैदान प्रवेश गरेको तीन मिनेटमै बेहोस भएका भोटे लाई तत्काल उपचारका लागि उर्लाबारीस्थित गोदावरी हस्पिटलमा लगिएको थियो ।

गोदावरीमा उपचार सम्भव नभएपछि बिर्तामोडस्थित बिएण्डसी हस्पिटल लाँदैगर्दा गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। सिभिल इन्जिनियरिङका विद्यार्थी भोटे जिल्लास्तरीय खेलाडी रहेका थिए। प्रतियोगितामा उनी टिम क्याप्टेन रहेको प्रतिष्ठानले जनाएको छ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१