सर्लाहीमा भारतीय मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

suman100@gmail.com' suman basnet
२१ पुष २०७९, बिहीबार १०:०७

सर्लाहीको पर्सा गाउँपालिकामा भारतीय नम्बरप्लेटको मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको पर्सा गाउँपालिका २ संग्रामपुरका ७५ वर्षीय पैदल यात्री नथुनी बैठा छन् ।

बुधबार साँझ ६ बजेकोसमयमा संग्रामपुरस्थित भित्रि सडकखण्डमा बी.आर.०१ बी ५९१७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।

ठक्करबाट सख्त घाइते भएका उनको उपचारको क्रममा स्थानीय नारायणपुर मेडिकलमा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिए ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०