बंगलादेशमा आयोजना हुने चौथो अन्तर्राष्ट्रिय खुल्ला करांते च्याम्पियनशिप २०२३ मा गोकर्णेश्वर नगरपालिकाको तोयाकान नेपाल बादोरियो कराते डो संघ बाट सहभागी हुने खेलाडीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ९ को कार्यालयमा एक कार्यक्रमका बीच चौथो अन्तर्राष्ट्रिय खुल्ला करांते च्याम्पियनशिप २०२३मा गोकर्णेश्वर नगरपालिका बाट सहभागी हुने अफिसियल सहित खेलाडीहरुलाई गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले प्रमुख प्रशिक्षक अरुण कुमार कार्की ,नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष संजय लामा र वडा अध्यक्ष राजीव थापालाइ ट्रयाकशुट र खेल सामग्री प्रदान गरेका हुन ।
प्रतिक्रिया