मोटरसाईकल चोरी आरोपमा युवक पक्राउ

suman100@gmail.com' suman basnet
२० पुष २०७९, बुधबार १२:०४

मोटरसाईकल चोरी आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका–६ का १९ बर्षीय राहुल महत्तो रहेका छन् ।

मोरङको बिराटनगर महानगरपालिका–६ का १९ बर्षीय राहुल महत्तोलाई मोटरसाईकल चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । मंसिर २१ गते बिराटनगर–९ बाट को ७ प २४०३ नम्बरको मोटरसाईकल चोरी भएको भन्ने सूचना पाए संगै खोजतलासमा खटिएको प्रहरी टोलीले चोरी भएको मोटरसाईकल सहित महत्तोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका महत्तोको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०