अमेरिकी संसदका उपकरणमा टिकटक चलाउन नपाइने

suman100@gmail.com' suman basnet
१९ पुष २०७९, मंगलवार १३:५८

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले व्यवस्थापन गरेका विद्युतीय उपकरणहरुमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ । संसदको स्वामित्वमा रहेका मोबाइल फोनमा यदि कोही प्रयोगकर्ताले टिकटक डाउनलोड गरेको पाइएमा तत्कालै हटाउन निर्देशन दिइएको छ ।

संसदका कर्मचारीहरुलाई पठाइएको सूचना अनुसार धेरै प्रकारका सुरक्षा जोखिमका कारण टिकटक प्रयोगकर्ताहरुका लागि जोखिमपूर्ण रहेको उल्लेख गरिएको छ ।

यसैबीच अमेरिकाले आफ्ना सम्पूर्ण संघीय कार्यालयका डिभाइसहरुमा निकट भविष्यमै टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । त्यससम्बन्धी अध्यादेशमा राष्ट्रपति जो बाइडेनको अन्तिम हस्ताक्षर मात्रै हुन बाँकी छ ।

यसअघि अमेरिकाका एक दर्जन बढी राज्यहरुले हालै आफ्ना सरकारी डिभाइसहरुमा टिकटकमाथि बन्देज लगाउने निर्णय गरेका छन् ।

टिकटकले भने सरकारी डिभाइसहरुमा टिकटक प्रतिबन्ध लगाउने कदम राजनीतिक विषय रहेको भन्दै यसले राष्ट्रिय सुरक्षाको सोचलाई अघि बढाउन कुनै सहयोग नगर्ने बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१