शीतगंगा नगरपालिका-१० बस्ने ६० वर्षीया राधा थापाको हत्यामा संलग्न भएको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
प्रकाउ पर्नेमा भारतको नई पालम बिहार गुडगाँव हरियाणा घर भई शीतगंगा-१० बोरखोरमा बस्ने २३ वर्षीय सुशान्त सिंह रहेका छन् ।
राधाको शव आइतबार बिहान शीतगंगा -१० कै सिद्धारा बोखोरस्थित जंगलमा टाउकोमा गहिरो चोट लागेको अवस्थामा फेला परेको थियो ।
घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले सिंहलाई शीतगंगाकै मुन्द्रीबासस्थित जंगलबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा राधाले लगाएको सुनका गरगहना लुट्ने योजनाका साथ सिंहले दूध लिन गएकी राधालाई ढुंगा र हँसिया प्रयोग गरी हत्या गरेको प्रहरीले बताएको छ ।
प्रहरीले आरोपी सिंहलाई जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिन म्याद थप गराई थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया