नर्भिक अस्पातलद्वारा मृगौला प्रत्यारोपण सेवा सुरु

suman100@gmail.com' suman basnet
१८ पुष २०७९, सोमबार १४:३६

र्भिक इन्टरनेशनल अस्पतालले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । अस्पतालले पत्रकार सम्मेलनको आयोजना गर्दै सो सेवा सुरु भएको जानकारी गराएको हो । नर्भिकले हालसम्म २ व्यक्तिको मृगौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको छ । अस्पतालले मृगौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मृगौला र ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मृगौलाको सफल प्रत्यारोपण गरेको जनाएको छ ।

आगामी दिनमा यस सेवालाई बिस्तार गर्दै लगिने पनि अस्पातालको भनाई छ । अस्पतालले हाल मृगौला प्रत्यारोपण गरेका दुईवटा ’केस’ मध्य एउटा केस जटिल रहेको थियो । पहिलो पटक नर्भिकमा मृगौला प्रत्यारोपण गरिएको बिरामीमा मुटुको धमनीमा समस्या लगायतका जटिलता हुँदाहुँदै पनि नर्भिकमा भएको सबै खालका स्वास्थ्य समस्याको स्तरीय उपचार सेवाको सहज उपलब्धताका कारण प्रत्यारोपण सफलतापुर्वक संम्पन्न भएको अस्पतालको भनाई छ ।

अस्पतालका विज्ञ चिकित्सकद्वय डा. राकेश बर्मा र डा. आरके अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारहरुको टिमले अब नर्भिकमा प्रत्यारोपण सेवा दिने छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१