झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

suman100@gmail.com' suman basnet
१७ पुष २०७९, आईतवार १५:१०

झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ दुधेकी ६१ वर्षीय कृष्णमाया भण्डारी रहेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान आएका ४ वटा जंगली हात्तीको समूहले घर भत्काउँदा बेहोस भएकी भण्डारीको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवम् प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

हात्तीले घर भत्काउँदा भण्डारीका श्रीमान् शान्तिराम भण्डारी घाइते भएको र उनको उपचार दमक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१