काम नलाग्ने नोटबाट बनेका ब्रिकेट बेच्दै राष्ट्र बैंक

suman100@gmail.com' suman basnet
१७ पुष २०७९, आईतवार १४:०४

नेपाल राष्ट्र बैंकले चलनचल्तीका लागि अयोग्य (काम नलाग्ने) नोटबाट बनाइएका ब्रिकेट/स्रेडेड टुक्राहरु बिक्रीका लागि शिलबन्दी दरभाउ प्रस्ताव आह्वान गरेको छ ।

राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभागका साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका प्रादेशिक कार्यालयमा चलनचल्तीमा अयोग्यो नोटहरु धुल्याउन क्रममा बन्ने ब्रिकेट बिक्रीका लागि शिलबन्दी दरभाउ प्रस्ताव आह्वान गरेको हो ।

कुल २ लाख ७५ हजार केजी ब्रिकेट बिक्रीका लागि प्रस्ताव आह्वान गरिएको राष्ट्र बैंकले जनाएको छ । इच्छुक व्यक्ति तथा संस्थाले ४५ दिन दरभाउ प्रस्तावको ढाँचा प्राप्त गरी ४६औं दिनको दिउँसो १२ बजेभित्र दरभाउ प्रस्ताव पेश गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । ब्रिकेटको मूल्य प्रतिस्पर्धीबाट तय हुने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०