नेफ्टा अवार्डको शीर्ष गीत गायक अल्मोडाले निर्माण गर्ने

suman100@gmail.com' suman basnet
१५ पुष २०७९, शुक्रबार १३:३२

अमेरिकामा हुने दशौं नेफ्टा फिल्म अवार्डको शीर्ष गीतको संगीतकारमा अल्मोडा राना उप्रेती अनुबन्धित भएका छन् ।

सहमतिअनुसार अल्मोडाले अवार्डको शीर्ष गीतलाई निर्माण गर्नेछन् । म्युजिक भिडियो र पाश्र्वगायनमा समेत चर्चित यी गायकको संलग्नताले अवार्डको सांगीतिक पक्षलाई अब्बल बनाउने आशा लिएको आयोजकमध्येका एक किसन रेग्मीले बताए ।

आगामी जेठ १३ गते अमेरिकाको टेक्ससमा चलचित्र प्राविधिक संघ (नेफ्टा)को दशौं संस्करण सम्पन्न हुँदैछ । यसअघि मलेसिया, हङकङ, कतार र यूएईमा कार्यक्रम गरिसकेको नेफ्टाले यसपटक अमेरिकामा कार्यक्रम गर्न लागेको हो ।

अमेरिकी संस्करणको अवार्डका लागि नेफ्टाले फेम नेपाल, यूएस खबर र आर्यन फिल्म्ससँग सहकार्य गर्दैछ । आगामी जनवरीमा हुने पत्रकार सम्मेलनमार्फत अवार्डबारे विस्तृत जानकारी सार्वजनिक गर्ने नेफ्टाको तयारी छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१