मोटरसाईकल र ट्रक दुर्घटना, एकको मृत्यु दुई गम्भिर

suman100@gmail.com' suman basnet
१५ पुष २०७९, शुक्रबार ११:४५

मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ५ स्थित धरान–चतरा सडकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार एकजनाको मृत्यु भएको छ भने ट्रक र मोटरसाईकलमा रहेका थप तीनजना घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था गम्भिर रहेको छ ।

 

जिल्ला सदरमुकाम हेटौँडाबाट फापरबाीतर्फ जाँदै गरेको ना ७ ख १३५२ नंबरको सिमेन्ट लोड गरेको ट्रकले सोहि दिशातर्फ जाँदै गरेको ना २२ प ९९७७ नंबरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार हेटौँडा –१८ का ३० वर्षीय विक्रम भोम्जनको हेटौँडा स्थित हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम डिएसपी टेकबहादुर कार्कीले बताए ।

मोटरसाईकलमा सवार हेटौँडा १८ की ३५ वर्षीय हिरामाया लोप्चन तथा ट्रकमा सबार २०–२५ वर्षका (नाम नखुलेका) पुरुष गम्भिर घाइते भएको डिएसपी कार्कीले बताएका छन् । ट्रक चालक निजगढ–९ का सुर्य बहादुर घिमिरे पनि घाइते रहेको र सबै घाइतेको उपचार भैरहेको डिएसपी कार्कीले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१