इजरायलको छैटौंपटक प्रधानमन्त्री बने बेन्जामिन नेतान्याहु

suman100@gmail.com' suman basnet
१५ पुष २०७९, शुक्रबार १०:५३

विगत दुई वर्षदेखि सत्ताबाहिर रहेका इजरायली नेता बेन्जामिन नेतान्याहु इजरायलको प्रधानमन्त्री निर्वाचित भएका छन् । प्रधानमन्त्री पदमा यसपटक शपथ लिएसँगै उनले अहिलेसम्म ६ पटक इजरायलको प्रधानमन्त्री बन्ने कीर्तिमान बनाएका छन् ।

उनले विहीबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदमा रहेका नेतान्याहुलाई संसदको १२० सदस्य मध्ये ६३ सांसदको समर्थन छ भने ५४ सांसदको उनको सरकारको विपक्षमा मतदान गरे ।

अति दक्षिणपन्थी सहयोगीहरूसँगको गठबन्धनमा सत्तामा फर्किएका उनले आफ्नो सरकारका तीन राष्ट्रिय लक्ष्यहरू रहेको बताए । उनले भने, ‘यो सरकारको तीन राष्ट्रिय लक्ष्यहरू- आणविक हतियारमा इरानको प्रगतिलाई रोक्ने, देशभर बुलेट ट्रेनहरू चलाउने र अब्राहम सम्झौतामा थप अरब राष्ट्रहरूलाई सहभागी लगाउने ।’

नेतान्याहुलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बधाई दिएका छन् । कीर्तिमानी उपलब्धिका लागि बधाई सन्देश दिँदै पुटिनले भनेका छन्, ‘तपाईको नेतृत्वमा इजरायलको नयाँ सरकारले मध्यपूर्वमा शान्ति र सुरक्षा कायम राख्ने र रसिया र इजरायलबीचको पारस्परिक सहयोगको सम्बन्धलाई सुदृढ गर्दै दुवै देशका जनताको हितमा काम गर्ने विश्वास लिएको छु ।’

पुटिनले दुई देशबीच मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउन नेतान्याहुको व्यक्तिगत र दीर्घकालीन योगदानको रुसले उच्च कदर गर्ने सन्देशमा उल्लेख गरेका छन् ।

रुस-युक्रेन युद्धमा इजरायलले सावधानीपूर्वक तटस्थ अडान अपनाउँदै आएको छ । पूर्व सोभियत संघका एक करोडभन्दा बढी नागरिक इजरायलमा बस्ने भएकोले इजरायलले रुससँगको सम्बन्धलाई महत्व दिँदै आएको छ ।

यसैबीच युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पनि नेतान्याहुलाई प्रधानमन्त्री बन्न सफल भएकोमा बधाई दिएका छन् ।

उनले आफ्नो देश इजरायलसँग गहिरो सम्बन्ध बनाउन र साझा चुनौतीहरूको सामना गर्न मिलेर काम गर्न तयार रहेको सन्देशमा बताएका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार युक्रेनले बारम्बार हतियारका पठाउन गरेको अनुरोध इजरायलले स्वीकार गरेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१