८० हजार मध्ये ३२ हजार कर्मचारी भ्रष्टाचारी, २० हजार तनावमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ कार्तिक २०७१, मंगलवार १५:१८

timthumbकात्तिक-४, काठमाडौं । सरकारी सेवामा कार्यरत ८० हजार कर्मचारीमध्ये ३२ हजार निजामती कर्मचारी निराश र कुण्ठमा बाँचिरहेका छन् । तल्लो तहका यस्ता अधिकांश कर्मचारी सोझा,इमान्दार र चाकडी गर्न नसक्ने स्वभावका छन् ।

 नेपाल जिनमती कर्मचारी संगठनले प्रशासन विज्ञहरुको संलग्नतामा गरेको अध्ययनअनुसार ४० प्रतिशत कर्मचारी निराशा र कुण्ठा बोकेर काम गरिरहेका छन् । उनीहरु सरकारी जागिरलाई जिविकोपार्जनको भरपर्दो र सशक्त माध्यम ठान्दैनन् । कार्यालयमा भ्रष्ट सहकर्मीहरुको बोलबाला हुने र टाठाबाठाहरु बैकल्पिक व्यवसायमा पनि संलग्न रहेकाले उनीहरु निराश र कुण्ठित रहेको अध्ययनले देखाएको छ ।

 अध्ययनअनुसार ८ हजार (१० प्रतिशत) कर्मचारी भ्रष्टाचारमा अत्यधिक लिप्त छन् । उनीहरुसित अकुत सम्पत्ति छ । र,विलासी जीवन बाँचिरहेका छन् । यस्ता कर्मचारीहरु सरुवा बढुवादेखि ठेक्कापट्टासम्ममा संलग्न हुने गर्छन् ।

त्यस्तै, १२ हजार (१५ प्रतिशत) कर्मचारी प्रत्यक्ष वा परोक्ष रुपमा भ्रष्टाचारजन्य कार्यमा संलग्न छन् । यस्ता कर्मचारी पनि कामभन्दा चाकडी र चाप्लुसीमा बढी भर पर्ने गरेको अध्ययनको दाबी छ । – नयाँ पत्रिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१