धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

suman100@gmail.com' suman basnet
१४ पुष २०७९, बिहीबार १२:२१

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बिहीबार बिहान वीरेन्द्रबजार महिनाथपुर हुलाकी सडकखण्डको शहीदनगर नगरपालिका-६ हठीपुरमा मधेश प्रदेश २,००६ प १८१९ नम्बरको मोटरसाइकल दुर्घटना विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । र्घटनामा चालक कमला नगरपालिका ८ हरिनेका २८ वर्षीय रामचन्द्र ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

ठाकुर गिद्धादेखि यदुकोहातर्फ जाँदै गरेको बेला उनले चलाइरहेको मोटरसाइकल कलभर्टमा रहेको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ ।उनका अनुसार मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१