कर्जा उठाउन मानसिक यातना दिएपछि व्यवसायीले लगाए एनआइसी एसिया बैंकमा ताला

suman100@gmail.com' suman basnet
१४ पुष २०७९, बिहीबार १२:१५

व्यवसायीहरूले एनआइसी एसिया बैंकको शाखामा तालाबन्दी गरेका छन्। व्यवसायीले एनआइसी एसिया बैंक गढवा शाखामा तालाबन्दी गरेका हुन्।

व्यवसायीको इच्छाविपरीत जबरजस्ती रूपमा वस्तुको मूल्य निर्धारण गरी लिलाम प्रक्रिया अघि बढाएको विरोधमा तालाबन्दी गरिएको हो।

एनआइसी बैंक राजपुर शाखाबाट गढवा निवासी रामदास यादवले ३ करोड कर्जा लिएका थिए। बैंकले जग्गा र व्यवसाय लिलाम प्रक्रियामा लगेपछि व्यवसायीले तालाबन्दी गर्ने बाध्य भएको बताएका छन्।

महाशक्ति इन्टरप्राइजेजको नाममा कर्जा थियो। तर, त्यो कर्जा उठाउन बैंकले व्यवसायीलाई मानसिक यातना दिएको उनको आरोप छ। दाङ उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लाभरका उद्योग वाणिज्य संघको सहभागितामा तालाबन्दी गरिएको संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले बताए।

उनका अनुसार ३ करोड ३२ लाखको मूल्यांकन देखिन्छ। तर, ३ करोड १८ लाख कर्जा तिर्नुपर्ने देखिन्छ। जग्गा धितोबाट मूल्यांकन पुग्ने देखिँदादेखिँदै सपल र गोदाममा बैंकले सिल गरेको र लिलाम गर्दा सामानको स्थानीय मूल्यांकन नगर्दा हचुवाकाे भरमा सामान बिक्री गर्न थालिएको थियो।

सुरुमा १ करोड लगानी गरेको व्यवसायीलाई पछि थप २ करोड कर्जा लगानी गरिएको थियो। लिलाम भएको सामान लोड गर्ने बेलामा व्यवसायीले रोकेका छन्।

यस्तै बैंकले वृद्धि गरेको ब्याजदरको विरोधमा लुम्बिनी प्रदेश भरका उद्योग वाणिज्य संघले बुधबार दाङको घोराहीमा विरोध प्रदर्शन गरेका थिए। नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको संयोजनमा विरोध गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१