अभिनेता सविन श्रेष्ठले मरणोपरान्त अंगदान गर्ने

suman100@gmail.com' suman basnet
१४ पुष २०७९, बिहीबार ११:३८

फिल्म अभिनेता सविन श्रेष्ठले मरणोपरान्त अंगदान गर्ने भएका छन् । भक्तपुरको मानवअंग प्रत्यारोपण केन्द्र पुगेर उनले मृत्युपछि अंग प्रत्यारोपण गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन् ।

यसबारे सामाजिक सञ्जालबाट जानकारी दिंदै सविन लेख्छन्, ‘मानवको मृत्युपछि शरीर खरानी हुने हो । एकबार पाएको मानव जुनीबाट केही त राम्रो काम गरुँ भनेर मृत्युपछि पनि कसैलाई काम त लाग्ला । यस कार्यबाट खुसी छु ।गत महिना तिलगंगा अस्पताल पुगेर सविनले आँखा दान गर्ने घोषणा गरेका थिए । अंगदान गर्ने मञ्जुरीनामा पत्रमा उल्लेख भएअनुसार निधनपछि मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा दान गरिनेछ ।

सविन पछिल्लो समय सामाजिक कार्यमा सक्रिय छन् । काठमाडौंका सार्वजनिक शौचालयमा उनले महिनावारी प्याडको व्यवस्था गरे । अब चितवनका भित्री बस्तीमा समेत उनले स्यानिटरी प्याड उपलब्ध गराउने भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१