वीरगन्जमा १४ वर्षे बालकको अपहरणपछि हत्या, ३५ दिनपछि सेफ्टी ट्याङ्कीमा भेटियो शव

suman100@gmail.com' suman basnet
१३ पुष २०७९, बुधबार १२:३३

पर्साको वीरगन्जमा अपहरणमा परेको ३५ दिनपछि बालकको शव भेटिएको छ।वीरगन्ज महानगरपालिका-२५ सिर्सिया खल्वाटोलस्थित श्री गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलको पुरानो भवनमा रहेको सेफ्टी ट्याङ्कीमा स्थानीय १४ वर्षीय नीरजकुमार पासवानको शव भेटिएको हो।

उनी सोही स्कुलमा कक्षा ८ कक्षामा पढ्दै थिए। मंसिर ५ गतेदेखि नीरज सम्पर्कविहीन थिए। घटनाको भोलिपल्ट आफन्तले प्रहरीमा निवेदन दिएका थिए। त्यसको १२ दिनपछि आफन्तलाई ५० लाख रुपैयाँ फिरौती मागिएको अनुसन्धानमा खुलेको छ। तर प्रहरीले त्यसबारे मंसिर २५ गते मात्र जानकारी पाएको जनाएको छ।

प्रहरीले बालकको अपहरण र हत्या आरोपमा वीरगन्ज महानगरपालिका-१७ का २४ वर्षीय कृष्णा भन्ने श्यामप्रसाद यादव र पर्साको धोबिनी गाउँपालिका-१ का ३० वर्षीय दिलीपकुमार पटेललाई पक्राउ गरेको छ। एक जना फरार छन्।

बाँधिएको डोरी निकालेर बाँध्न खोजेपछि बालकको हत्या गरेको बयान अभियुक्तले दिएको प्रहरीको दाबी छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१