९ किलो चरेशसहित कैलालीमा एकजना पक्राउ

suman100@gmail.com' suman basnet
१३ पुष २०७९, बुधबार ११:०१

नौ किलोभन्दा बढी चरेशसहित गोदावरी नगरपालिकास्थित बसपार्कबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

बसपार्कस्थित एक होटलमा कोठामा जिल्ला बझाङ दुर्गाथली गाउँपालिका ७ काँडाका ३६ वर्षीय यमराज दौल्याललाई पक्राउ परेका हुन्। उनको साथबाट प्रहरीले ९ केजी ३४० ग्राम चरेश बरामद गरेको प्रहरीले जनाएको हो।

विशेष सूचनाका आधारमा त्यहाँ पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

बरामद गरी नियन्त्रणमा लिएको लागुऔषधबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१