आरआर कलेजमा विद्यार्थीबीच खुकरी हानाहान, घाइतेको उपचार हुँदै

suman100@gmail.com' suman basnet
१३ पुष २०७९, बुधबार १०:४५

प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा विद्यार्थीबीच खुकुरी हानाहान भएको छ। प्रत्यक्षदर्शी एक विद्यार्थीका अनुसार दुईजना घाइते भएका छन्।

कारणबारे आफूलाई जानकारी नभए पनि स्ववियु निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा विवाद भएको हुनसक्ने उनले बताए। घाइते विद्यार्थीलाई काठमाडौं मोडल अस्पतालमा लगिएको ती विद्यार्थीले जानकारी दिए।

जिल्ला प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको जानकारी दिए। कुन–कुन पक्षबीच झगडा भएको खुलेको छैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१