धनुषामा महिलाको हत्या, घटना लुकाउन खोज्ने श्रीमानसहित ६ जना पक्राउ

suman100@gmail.com' suman basnet
१२ पुष २०७९, मंगलवार १६:१५

नुषाको विदेह नगरपालिका ७ बेलापट्टीमा एक महिलालाई घरमै हत्या गरी घटना लुकाउने प्रयास भएको छ ।

स्थानीय ३२ वर्षीया कविता साहको हत्या भएको हो । घरायसी विवादमा बाँसको मुङ्ग्रो प्रहार गरी कविताको हत्या भएको बताइएको छ ।

तर करेन्ट लागेर उनको मृत्यु भयो भनेर श्रीमान श्रीराम साहसहितका व्यक्तिहरु घटना लुकाउने प्रयास गरेको थियो । तर प्रहरीले घटना शंकास्पद रहेको सुराक पाएपछि अनुसन्धान सुरु गरेको छ ।

धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताए । पक्राउ पर्नेमा मृतकको श्रीमान पनि रहेको उनको भनाइ छ ।

मृतकको शव पोष्टमार्टमका लागि प्रहरीले जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएको छ । एसपी खड्काले आज साँझसम्म घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१