रुकुमको सिस्ने हिमाललाई समेटेर कृष क्षेत्रीको ले ल्याए लोक दोहोरी गीत बजारमा (भिडियो सहित)

suman100@gmail.com' suman basnet
१२ पुष २०७९, मंगलवार १३:२१

कृष क्षेत्रीको सिस्ने हिमाल गीत बजारमा आएको छ । रुकुमको सिस्ने हिमाललाई समेटेर यो गीत बजारमा आएको छ । गीतलाई कृष क्षेत्रीको अफिसियल युटुब च्यानलबाट बजारमा राखिएको छ ।

कृष क्षेत्र, देबी बस्नेत, घनश्याम परियार र निर्मला बस्नेत स्वरमा रहेको गीतलाई लय अनि शब्द कृष क्षेत्री अनि कलेक्सन बाट रहेको छ । गीतलाइ स्टुडियो शंकरामा रेकड गरिएको छ भने सागर पुनको रेकडिङ्ग रहेको गीतलाई कुमार सानु पुनले मिक्सिंग गरेका हुन् भने एरेन्ज खेमराज गौतमको रहेको छ।

तोरी बारी साईली झ्याप झ्याप झ्याप अनि गैरा बारी साईली झ्याप झ्याप झ्यापू यस्तै यस्तै शब्दलाइ मिलाएर गीत बनेको छ । मध्यपश्चिमका गाउघरमा गाइने गीतलाई कलेक्सन गरेर यो गीत बजारमा आएको कृष क्षेत्रीले जानकारी दिएका छन् ।

तिलक शाहीको निर्देशन, सरोज शाहीको छ्याकन र राज कुमार मगरको सम्पादन रहेको छ भने मेकअप राजन पौडेलले गरेका छन् ।

भिडियोमा गोबिन्द बिबश, ममता राना मगर, कञ्चन घर्ति मगर, तिलक शाही र पर्बिन पुरीको डान्स रहेको छ भने बिशेष धन्यवाद बसन्त चन्द ठकुरी, बालाराम रेग्मी र कमानसिङ्ग डाँगीलाई रहेको छ।

भिडियो

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१