प्रियंका कार्की स्टारर ‘चि मुसी चि’को गीत ‘कथा’ सार्वजनिक

suman100@gmail.com' suman basnet
१२ पुष २०७९, मंगलवार १३:१२

पुस २२ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’को पहिलो गीत सार्वजनिक भएको छ ।

कलाकारको उपस्थितिमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो । गीतमा प्रियंका कार्की, आयुष्मान जोशी, ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडा फिचर्ड छन् ।

रोहित शाक्य र विराज गौतमको संगीत रहेको गीतमा विराज र त्रिशला गुरुङको स्वर समावेश छ । सौरभ श्रेष्ठ र गौतमले गीत लेखेका छन् । गीतले फिल्मको कथावस्तु र पात्रको मनोदशा बुझ्न मद्दत पुग्छ ।

पत्रकार सम्मेलनमा बोल्दै त्रिशलाले हरर थ्रिलर फिल्ममा गीत गाउन पाउँदा खुसी लागेको बताइन् । निर्देशक मर्ण जेम्सले कथाको मर्म बुझाउन पनि कथा गीत समावेश गरिएको बताइन् ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा रविन्द्र झा, गौरव विष्ट, विज्ञ नेपाल, विभूति नेपालको अभिनय छ । यसले हरर तथा थ्रिलर शैलीका फिल्मको स्वाद बसाउने जनाइएको छ ।

फिल्मलाई जेम्स र यश सैनीले मिलेर निर्देशन गरेका हुन् । नेपाली र बलिउड प्राविधिकले काम गरेकाले दर्शकले केही फरक र नयाँपन महसुस गर्ने निर्माण टिमको विश्वास छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१