पर्सामा खैरो हिरोइनसहित ३ जना पक्राउ

suman100@gmail.com' suman basnet
११ पुष २०७९, सोमबार १३:१३

प्रहरीले पर्साबाट प्रतिबन्धित लागू औषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।

बहुदरमाई नगरपालिका वडानम्बर १ बस्ने १९ वर्षीय हरिओम महतो, मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १० बस्ने २६ वषर्ीय परमेश्वर साह र वडा नम्बर २५ बस्ने २६ वर्षीय युगेन लामालाई पक्राउ गरिएको हो । हरिओम महतोलाई नियन्त्रणमा लिएर प्रहरीले शरीर खानतलासी गर्दा पाइन्टको खल्तीबाट खैरो हिरोइन २० ग्राम फेला पारेको थियो ।

महतोसँग सोधपुछ गर्दा परमेश्वर र लामालाई बिक्री गर्न लागेको बताएपछि उनीहरुलाई समेत पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१