बालुवाटारस्थित सरकारी निवास छाड्दै शेरबहादुर देउवा

suman100@gmail.com' suman basnet
११ पुष २०७९, सोमबार १०:५२

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटार निवासबाट बुढानिलकण्ठस्थित निजी निवास जान लागेका हुन् ।

माओवादी अध्यक्ष प्रचण्डले अपराह्न चार बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । त्यसअघि नै देउवाले बालुवाटारस्थित निवास छाड्ने उनी निकट स्रोतले बतायो ।

देउवा बुढानीलकण्ठ फर्किने भएपछि उनको निजी निवास सरसफाइ र मर्मतको काम भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१