भाइरल बालक सचिन परियारलाई अचानक हातगोडा चल्न छाडेपछि आइसियूमा भर्ना

suman100@gmail.com' suman basnet
८ पुष २०७९, शुक्रबार १३:३१

युट्यूवबाट भाइरल भएका बालक सचिन परियार गम्भीर बिरामी भएका छन् । अचानक हात गोडा चल्न छाडेपछि उनलाई टिचिङ अस्पतालको आइसीयूमा राखेर भइरहेको छ ।

काठमाडौंको एउटा निजी स्कुलमा बसेर पढिरहेका सचिन अस्वस्थ भएपछि अस्पताल लगिएको थियो । उनको रोग राम्ररी निदान भइसकेको छैन । उनी अर्धचेत अवस्थामा छन् । चिकित्सकका अनुसार उनको रगतमा सोडियमको मात्रा उच्च देखिएको छ । अहिले उनलाई सास फेर्न कठिनाइ भइरहेको छ भने राम्ररी बोल्न र हातखुट्टा चलाउन सकेका छैनन् । परीक्षणको सबै रिपोर्ट आउन बाँकी छ ।

सचिनलाई पहिले पनि पिशाब चुहिने समस्या थियो । अहिले पनि उनको पिशाब नियन्त्रण हुन नसक्नेको चिकित्सकले बताएका छन् । उनी पहिलेदेखि अत्यधिक पानी पिउने गर्थे । शारीरिकरुपमा कमजोर रहेका उनी अप्ठेरोसँग हिँड्थे ।

उमेरले १२ वर्ष पुगिसके पनि उनी ५–६ वर्षका जस्तै देखिन्छन् । तर, बोलीचालीमा भने चतुर छन् । उनको अनौठो व्यवहार र बोलिचालीलाई दर्शकले मन पराए । भाइरल भएको बेला धेरै युट्युवरहरु उनको पछिपछि कुदेका थिए । उनलाई भद्रकाली शिक्षा सदनले निशुल्क पढाइरहेको छ ।

स्कुलका शिक्षकहरुका अनुसार सचिन अघिल्लो दिन पिकनिक गएका थिए र सामान्य अवस्थामा देखिएका थिए । भोलिपल्टबाट उनलाई हिँडडुल गर्न र उभिन कठिनाइ भएको उनीहरुको भनाइ छ । चार दिनअघि अस्पतालमा ल्याएर इर्मेन्जेन्सीमा चेकअप गरिएपछि चिकित्सकले आइसीयूमा पठाएका थिए ।

सचिन अस्पतालमा छट्पटाइरहँदा उनका बुवा तेजेन्द्र परियार भने आएका छैनन् । छोरा भाइरल भएपछि उनी पनि विभिन्न युट्यूव च्यानललाई अन्तरवार्ता दिँदै हिँड्ने गर्थे । तर, केही समयदेखि उनी गुमनाम बनेका छन् । सचिनकी आमालाई छोडेर तेजेन्द्रले अर्को विवाह गरेका थिए । कान्छी श्रीमती लिएर उनी अहिले भारतमा रहेको चर्चा छ ।

छोरा बिरामी भएको खबर स्कुलबाट पाएपछि पोखरामा रहेकी आमा काठमाडौं आएकी छन् । उनले छोराको उपचारका लागि आफूसँग आर्थिक अभाव रहेको बताइन् । यससँगै सचिनको नाममा पैसा उठाउने युट्यूवरहरुबीच प्रतिस्पर्धा सुरु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१