नेप्से स्थिर रहँदा दुई लघुवित्तको सेयरमा सकारात्मक

suman100@gmail.com' suman basnet
७ पुष २०७९, बिहीबार १५:३८

साताको अन्तिम कारोबार दिन अर्थात बिहीबार नेप्से स्थिर रहेको छ।

गत कारोबार दिन बुधबार १८६७.२२ बिन्दुमा बन्द भएको बजार आज ०.०१ प्रतिशतले घटेर १८६७.२१ बिन्दुमा बन्द भएको हो।

नेप्से परिसूचक स्थिर रहेपनि आज कारोबार रकम भने बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात् बुधबार ८६ करोड ३८ लाख १६ हजार ५६१ रुपैयाँको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज १ अर्ब ११ करोड ९७ लाख ९७ हजार ९२१ रुपैयाँ पुगेको छ।

यस दिन २४७ वटा धितोपत्रको ३१ लाख ११ हजार ८३३ कित्ता सेयर किनबेच भएको छ।

बिहीबार श्रृजनशिल लघुवित्त र धौलागिरी लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

श्रृजनशिल लघुवित्तको सेयर मूल्य १० र धौलागिरी लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य क्रमशः एक हजार २०५ रुपैयाँ ८० पैसा र ७१४ रुपैयाँ ४० पैसा कायम भएको छ।

यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा आँधिखोला रहेको छ।

उक्त कम्पनीको सेयर मूल्य ७.७० प्रतिशतले घटेर प्रति कित्ता मूल्य १ हजार ५३० रुपैयाँमा झरेको छ।

त्यस्तै, दोस्रोमा बलेफी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको मूल्य ५.४९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २३२ रुपैयाँ ५० पैसा कायम भएको छ।

बिहीबार सर्वाधिक सेयर खरिद–बिक्री नेपाल दूरसञ्चार कम्पनीको भएको छ।

यस दिन उक्त कम्पनीको ९५३ रुपैयाँमा १४ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ३.९३ प्रतिशतले बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआईसी एशिया बैंक रहेकोे छ। उक्त कम्पनीको ६६५ रुपैयाँ २० पैसामा ५ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, म्युचुअल फण्ड र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

यस दिन अन्य समूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशतले बढेको छ।

त्यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.२८ प्रतिशतले घटेको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१