नेपाल टी–२० लिग क्रिकेट तोकिएको समयमा नहुने पक्का भएको छ ।

suman100@gmail.com' suman basnet
७ पुष २०७९, बिहीबार १५:०६

भोलि (शुक्रबार)देखि सुरु हुने भनिएको नेपाल टी–२० लिग क्रिकेट तोकिएको समयमा नहुने पक्का भएको छ ।

मिति निर्धारण गरी प्रतियोगिता सारिएको तीन महिनाको अन्तरमा तेस्रोपल्ट हो ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजना हुने भनिएको लिगको कमर्सियल र स्ट्राटेजिक राइट भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिइएको छ ।

सेभेन थ्री स्पोर्ट्सलाई अधिकार दिएदेखि नै नेपाल टी-२० लिग विवादमा तानिएको थियो । जसले गर्दा यसअघि दुई पटक तोकिएको समयमा पनि लिग सुरु हुन सकेको थिएन ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले शुक्रबारदेखि लिग आयोजना हुन नसक्ने र केही दिन सर्ने पुष्टि गरे । उनले विदेशी खेलाडीको श्रम स्वीकृतिमा ढिलाई भएकोले तोकिएको समयमा फेरि लिग सुरु हुन नसक्ने बताए ।

अब पनि प्रतियोगिता आयोजना हुन नसके भारतीय कम्पनीसँग सम्झौता तोडेर क्यान आफैंले आयोजना गर्नेसमेत चन्दले बताए । प्रतियोगिताबारे क्यान अध्यक्ष चन्दसँग अनलाइनखबरका लागि गोविन्दराज नेपालले गरेको कुराकानी ।

नेपाली टी–२० लिग शुक्रबारबाटै हुन्छ त ?

हामीहरु छलफलमै छौं । विदेशी खेलाडीको श्रम स्वीकृतिमा अलिकति ढिलाइ भयो । उनीहरुको डकुमेन्टेसनमा ढिलाइ भयो । एक दुई दिनपछि सर्न सक्छ । भोलि शुक्रबारदेखि चाहीँ हुँदैन ।

अहिलेसम्म के–के तयारी भए ?

टिमहरु आइसकेका छन् । ग्राउण्डमा तयारी भइसकेको छ । तयारीहरु अन्तिम चरणमै छन् । विदेशी ब्रोडकास्टर आइसकेको छ । तर, नयाँ मितिका लागि अर्को निर्णय गर्ने काम बाँकी छ ।

लगातार मिति सर्नुमा कसको कमजोरी भन्नेतिर नजाउँ । कागजात अपुग भएको कारणले खेलाडीको श्रम स्वीकृतिको काम ढिलाइ भएको । कसैले रोकेको भन्न मिलेन । किनभने विदेशी खेलाडी धेरै परिवर्तन भएका कारण उनीहरुको काम हुन ढिला भएको हो । हामीले सबै खेलाडीको श्रमको काम एकमुष्ट गर्ने भनेर बसेका हौं । हामी जसरी हुन्छ क्रिकेट सफलतापूर्वक सम्पन्न गराउन भनेर लागेका छौँ ।

अदालतमा मुद्दा जोडिएको भन्दै एउटा टिमले नाम फिर्ता लियो । उनीहरुले प्रतिस्पर्धी टिमबारे पनि प्रश्न उठाएको भन्ने सुनियो नि ?

अदालतले अन्तरिम आदेश दिएको होइन । प्रतियोगिताका लागि सबै टिमहरु तयार छन् । समस्या कतै छैन । केहि सानातिना कमी कमजोरीका कारणले एक दुई दिन सर्‍यो । तर, असफल भएको होइन । सबै कामको राम्रो नराम्रो पाटो हुन्छ । दुईटै पाटो हेर्नुपर्‍यो । राम्रो गर्नकै लागि अझै पनि प्रयास भइरहेको छ ।

जसलाई हामीले कमर्सियल पार्टनर बनाएको थियौं, उसले पनि केही कुराहरुमा ढिलाई गर्‍यो । डकुमेन्टको काममा ढिलाई भयो । सरकारतर्फबाट पनि तदारुकता भएन । हामी सबै मिलाउन लागिरहेका छौं । आशा छ सबै कुरा समयमै हुन्छ ।

लुम्बिनी अल स्टार्स अमेरिकाको टिम भयो । कान्तिपुर मिडिया ग्रुपले नाम फिर्ता लिएपछि ल्याइएको नयाँ टिम मालिकको नाम पनि प्रष्ट छैन । विराटनगर र जनकपुर टिम होटलमा सँगै बसेका छन् । डिजिटल प्रशारण अधिकार पाएको कम्पनी सिक्सर्स पनि सेभेन थ्रीकै व्यवस्थापनको भनिन्छ । स्वार्थ बाझिने सम्भावना हुँदैन ?

प्रत्यक्ष प्रशारण गर्ने युरो स्पोर्टसले हो । उसका सम्पूर्ण टिम काठमाडौं आइसकेको छ । डिजिटल माध्यममा सिक्सर्सले लाइभ स्ट्रिमङ गर्छ । लोकल ब्रोडकास्टरको बारेमा आज निर्णय हुन्छ । नेपालमा कसले गर्ने भनेर निर्णय गर्ने काम सभेन थ्री स्पोर्ट्कसै हो ।

मैले यहाँसँग स्वार्थ बाझिने सम्भावना हुँदैन र ? भनेर सोधेको !

घुलमिल हुन र भेटघाट गर्न बन्देज गराउन सकिँदैन । सबैलाई एउटै होटलमा राख्ने भनेको हो । (बुधबार विराटनगरका मालिकले लिग भएन भने नेपाल घुमेर फर्कने बताएका थिए ।)

यो प्रतियोगिताका खेलहरु निष्पक्ष हुनेमा शंका गर्नेहरु पनि छन्, सुरुदेखि नै विवादमा आएको र पटक पटक प्रतियोगिता सर्दा यी शंकाहरुमा बल पुगेन र ?

बजारमा जे–जे हल्ला छ । त्यसबारे हामीलाई पनि जानकारी छ । त्यो हेर्नका लागि नै आईसीसीबाट एन्टिकरप्सन म्यानेजर आउनुभएको छ । उहाँलाई क्यानले नै नियुक्त गरेको हो ।

फिक्सिङ वा बेटिङका कामहरुमा हामी शून्य सहनशीलतामा काम गर्नेछौं । त्यसमाथि तत्कालै छानबिन हुन्छ । क्यान निर्दयी भएर त्यसका विरुद्ध लाग्नेछ ।

अहिले सेभेन थ्री स्पोर्ट्स र कम्पनीका मालिक जतिनका बारेमा धेरै प्रश्न उठेका छन् । उनले भारतीय कम्पनीबाट गर्दा असहज हुने भएकाले नेपालमै नयाँ कम्पनी दर्ता गरेको पनि सुनिन्छ नि ?

होइन होइन । यो प्रतियोगिता सेभेन थ्री ले नै सञ्चालन गर्ने हो । हाम्रो सम्झौता नै त्यही कम्पनीसँग हो । नेपालमा जतिनले कम्पनी दर्ता गर्न नमिल्ने भन्ने होइन । यहाँहरुले यहाँ शाखा कार्यालय खोलेर काम गर्नुभएको छ । नयाँ कम्पनी खोलेको छैन । उहाँ यही बसेर काम गरिरहनुभाछ ।

यो लिगका लागि अहिलेसम्म मुख्य प्रायोजक, प्रायोजकलगायत कुनैसँग सम्झौता भएको सुनिएको छैन । यसको कारण के होला ?

यसको मुख्य प्रायोजकदेखि ब्रोडकास्टर, पुरस्कारको कुरा आउलान् । त्यसको बारेमा आधिकार रुपमै सार्वजनिक हुन्छ । सर्‍यो भने त्यसको पनि आधिकारिक कुरा आउला । आज भरेसम्म सबै जानकारी हुनेछ ।

प्रतियोगिताको अर्को मिति कहिले हुन्छ ?

सर्ने चाहीँ पक्का हो । अब कति दिन भन्ने निर्णय भएको छैन । कम्तीमा एक/दुई दिन सर्छ । नयाँ मितिका लागि छलफलमै छौं ।

अर्को वर्षसम्म त जाने होइन ?

अहिले भएन भने त कहिल्यै हुँदैन । यो कम्पनीसँग कहिल्यै हुँदैन । हामी आफैं गर्छौं । यस्ता लफडामा पर्दनौं ।

अहिले भएन भने यो सम्झौता रद्ध गर्नुहुन्छ ?

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०