चीनमा कोभिड संक्रमणको अप्रत्यासित लहर

suman100@gmail.com' suman basnet
७ पुष २०७९, बिहीबार ११:५९

चीनमा कोभिड संक्रमणको अप्रत्यासित  लहरको बारेमा आफू ‘धेरै चिन्तित’ भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रमुखले बताएका छन्। डब्लूएचओले सबैभन्दा जोखिममा रहेकाहरूको खोप दर तीब्र पार्न पनि आग्रह गरेको छ।

‘गम्भीर रोगको बढ्दो रिपोर्टसँगै चीनको विकसित अवस्थाको बारेमा डब्लूएचओ धेरै चिन्तित छ’ डब्लूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले साप्ताहिक पत्रकार सम्मेलनमा भने। उनले रोगको गम्भीरता, अस्पताल भर्ना र गहन हेरचाह आवश्यकताहरूको विस्तृत जानकारीको लागि अपील गरे।

‘डब्लुएचओले चीनलाई देशभरि उच्च जोखिममा रहेका मानिसहरूलाई खोप लगाउने प्रयासमा ध्यान केन्द्रित गर्न सहयोग गरिरहेको छ र हामी क्लिनिकल हेरचाह र यसको स्वास्थ्य प्रणालीको सुरक्षाको लागि हाम्रो समर्थन प्रस्ताव गर्न जारी राख्छौं’,  उनले थपे।

सन् २०२० देखि चीनले शून्य कोभिड नीतिको एउटा अंशको रूपमा चीनले कडा स्वास्थ्य प्रतिबन्ध लगाएको छ। तर, सरकारले बढ्दो सार्वजनिक आक्रोश र अर्थतन्त्रमा परेको महत्वपूर्ण प्रभावबीचमा डिसेम्बरको शुरुमा सूचनाबिना नै ती अधिकांश उपायहरू अन्त्य गरेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१