प्रशिक्षणमा फर्किए एम्बाप्पे

suman100@gmail.com' suman basnet
७ पुष २०७९, बिहीबार ११:३२

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर केलियन एम्बाप्पे प्रशिक्षणमा फर्किएका छन् । कतारमा सम्पन्न फिफा विश्व कप फुटबलमा गोल्डेन बुट जितेता एम्बाप्पे क्लब फुटबलमा फर्किएका हुन् ।

सन् २०१८ मा फ्रान्सलाई उपाधि जिताएका एम्बाप्पेले यसपटकको विश्वकप फाइनल खेलमा ह्याट्रिक गरेका थिए ।उनले कतार विश्व कप फुटबलमा कुल ८ गोल गरी गोल्डेन बुट जितेका थिए ।

फ्रान्सको लिग वानका खेलहरु अर्को हप्तादेखि सुरु हुँदैछन् । पीएसजीले अन्तर्राष्ट्रिय विश्रामपछिको पहिलो लिग खेलमा आउँदो बुधवार स्ट्रार्सबर्गसँग खेल्दैछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०