बाल सुधार माध्यमिक बिध्यालयका बिद्यार्थीहरुलाई करांते खेल पोशाक वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ पुष २०७९, बिहीबार ०३:२६

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं २ मा संचालित बाल सुधार माध्यमिक बिध्यालयका बिद्यार्थीहरुलाई करांते खेल पोशाक वितरण गरिएको छ । करांते खेलमा रुची भएर पनि खेल पोशाकको कारण समस्या परेको उक्त बिद्यालयका ४५ जना बिद्यार्थीहरुलाई गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल, गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष सञ्जय लामा लगायतले एक कार्यक्रमका बीच करांते खेल पोशाक वितरण गरेका हुन ।

विद्यालय व्यस्थापन समितिका अध्यक्ष राजकुमार पण्डित क्षेत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रममा समाजसेवी बिकास श्रेठ, प्रधानाध्यापक हेमराज घिमिरे शिक्षक, कर्मचारी , अभिभावक र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख दिपक कुमार रिसालले खेलकुदको विकास बिध्यालय तह देखि नै हुनुपर्ने भन्दै त्यसको लागि नगरपालिकाले बिभिन्न कार्यक्रम गर्दै आएको बताए। उनले नगरपालिकाले खेलकुदको बिकासको लागि बजेट समेत छुट्याएको जानकारी दिदै नगर खेलकुद विकास समिति मार्फत बिभिन्न प्रतियोगिता समेत संचालन हुदै आएको बताएका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१