काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगर रुद्रमती नदी क्षेत्रमा रहेका अतिक्रमित संरचनामाथि डोजर चलाएको छ । ती अतिक्रमित संरचना भत्काउन महानगर प्रहरीका प्रमुख एसपी राजुनाथ पाण्डे आँफै फिल्डमा खटिएका थिए ।
तीन महिना अगाडि नै सूचना गरेपनि अटेर गरेपछि भत्काउनुपरेको नगर प्रहरीको भनाई छ । त्यहाँ ईन्द्र चाम्लिङलगायतले सरकारी जग्गा मिचेर भौतिक संरचना बनाएको समाचार आएका थिए ।
प्रतिक्रिया