यातायातका ४३ दलाल पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ बैशाख २०७१, मंगलवार ०१:०४

काठमाडौं, ९ वैशाख । प्रहरीले ललितपुरको एकान्तकुनामा रहेको बाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयबाट ४३ जना दलाललाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी निरीक्षक नरेन्द्र चन्द र समिरचन्द्र बस्नेतको संयुक्त टोलीले बिहान ११ बजे ४३ जना दलाललाई पक्राउ गरेको एसपी घनश्याम अर्यालले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुलाई अहिले महानगरीय प्रहरी परिसर ललितपुरमा राखिएको छ । छानबिन पछि उनीहरुलाई ठगीको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
लाइसेन्स बनाउने, नविकरण गर्ने, गाडीको नामसारी तथा ब्लु बुक नबिकरण गर्न सघाउने भन्दै कार्यालयमा २ सय भन्दा बढी दलाल सकृय छन् । उनीहरुले कार्यालयका कर्मचारीसँगको मिलेमतोमा छिटो काम गराई दिने भन्दै सेवाग्राहीसँग अतिरिक्त शुल्क असुल्ने गरेको गुनासो बढेपछि प्रहरीले उनीहरुलाई पक्रेको हो । प्रहरीले यसअघि पनि त्यहि कार्यालयबाट २५ जना भन्दा बढी दलाललाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, पुस ९, २०८१