एमबाप्पेको फाइनलसम्म पुग्दा भयो यस्तो कीर्तिमान

suman100@gmail.com' suman basnet
४ पुष २०७९, सोमबार १३:३९

आइतबार राति भएको विश्वकप २०२२ को फाइनल अर्जेन्टिनाले जित्दै तेस्रोपटक विश्व विजेता बनेको छ।

उपविजेतामा चित्त बुझाएको साबिक विजेता टोली फ्रान्सले अर्जेन्टिनालाई उपाधि सजिलै भने दिएन। निर्धारित ९० मिनेट र थप ३० मिनेटमा दुवै टोलीले ३ ३ गोल गरेपछि खेल टाइब्रेकरमा गएको थियो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पराजित टोलीका खेलाडी किलियन एमबाप्पे केही अविष्मरणीय कीर्तिमान बनाए।

फाइनलमा ह्याट्रिक

एमबाप्पे विश्वकप फुटबलको फाइनल खेलमा ह्याट्रिक गोल गर्ने दोस्रो खेलाडी बनेका छन्। यसअघि सन् १९६६ मा इंल्याण्डका जफ हर्स्टले पश्चिम जर्मनी विरुद्धको फाइनल खेलमा तीन गोल गर्दै आफ्नो टोलीलाई पहिलो पटक विश्व विजेता बनाएका थिए। एमबाप्पेले भने तीन गोल गरे पनि आफ्नो टोलीलाई जिताउन सकेनन्।

पहिलो हाफमा २-० ले पछि परेको फ्रान्सलाई एमबाप्पेले अन्तिम समयमा दुई गोल गर्दै २-२ को बराबरीमा लगेका थिए। त्यसपछि थपिएको समय अर्जेन्टिनाले अर्को गोल गर्दा एमबाप्पे पेनाल्टी मार्फत अर्को गोल गर्दै बराबरीमा रोकेका थिए।

त्यसपछि खेल टाइ ब्रेकरमा गएको थियो। एमबाप्पे पेनाल्टी सहित फाइनलमा चार गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

कम समय अन्तरमा दुई गोल 

८० औँ मिनेटसम्म २-० ले पछि परेको फ्रान्सलाई एमबाप्पले पेनाल्टीमार्फत गोल गर्दै गोल अन्तर मात्र घटाएनन्। त्यसको दुई मिनेट नबित्दै अर्को गोल पनि गर्दै खेललाई बराबरीमा ल्याउँदै विश्वकप फाइनलमा सबैभन्दा कम समयमा दुई गोलको कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। यसअघि सन् २००२ मा रोनाल्डोले जर्मनीविरु्दध १२ मिनेटको अन्तरमा दुई गोल गरेका थिए।

सर्वाधिक गोल

एमबाप्पे दुई विश्वकपका १४ खेलमा १२ गोल गर्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पाचौँ नम्बरमा उक्लिएका छन्। चारवटा विश्वकपका १४ खेल खेलेका ब्राजिलका पेलेको पनि विश्वकपमा समान १२ गोल रहेको छ।

उक्त सूचीमा सबैभन्दा माथी चार विश्वकपका २४ खेल खेलेका जर्मनीका मिरोस्लभ लोस रहेका छन्। उनले जम्मा १६ गोल गरेका छन्।

त्यस्तै ब्राजिलका रोनाल्डो १५ गोल सहित दोस्रो स्थानमा छन्। उनले पनि चारवटा विश्वकपका १९ खेल खेलेका छन्। आफूले खेलेका पाँच विश्वकपका २६ खेलमा १३ गोल गरेका अर्जेन्टिनी खेलाडी मेसी चौँथो नम्बरमा रहेका छन्।

गाल्डेन बुट

प्रतियोगितामा सर्वाधिक गोल गर्दै एमबाप्पेले गोल्डेन बुट पनि जितेका छन्। उनले फाइनलमा गरेको तीन गोलसहित ८ गोल गरेका छन्। सन् १९७० को विश्वकपपछि एउटै विश्वकपमा सबैभन्दा बढी ८ गोल ब्राजिलका रोनाल्डोले गरेका थिए। एमबाप्पेले रोनाल्डोको गोल बराबरी गरेका छन्।

२०१७ देखि फ्रान्सको राष्ट्रिय टोलीबाट खेल्दै आएका २३ वर्षिय एमबाप्पलाई अबको नयाँ स्टार खेलाडीको रूपमा हेरिँदै छ। फ्रान्सका लागि ६६ खेल खेल्दा उनले ३६ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्। जसमध्ये १२ गोल दुई वटा विश्वकपमा गरेका हुन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०