विश्वकपको फाइनलमा रोनाल्डोको समर्थन मेस्सीलाई !

suman100@gmail.com' suman basnet
३ पुष २०७९, आईतवार १४:३०

क्रिस्टियानो रोनाल्डो अब विश्वकपमा छैनन् । यद्यपि यसको मतलब यो होइन कि फ्रान्स र अर्जेन्टिनाको बीचमा तय हुने नयाँ विश्व च्याम्पियनको उपाधि कसले जित्छ भन्नेमा उनको चासो छैन ।

क्रिस्टियानो कसले जितोस् भन्ने चाहन्छन् भनेर धेरैले सोचिरहेका छन् । धेरैले उनको समर्थन फ्रान्सलाई हुन सक्छ भन्ने सोच्छन् र यो तार्किक पनि देखिन्छ । किनकि अर्जेन्टिनाको कप्तान उनका महान प्रतिद्वन्द्वी लियोनेल मेस्सी हुन् जोसँग रोनाल्डोको लामो समय प्रतिस्पर्धा चल्यो ।

तर तथ्य यो हो कि सामाजिक संजालमा एउटा भिडियो चर्चामा छ जसमा रोनाल्डोले अर्जेन्टिना र यसका मानिसहरूलाई ठूलो कारणको लागि आफ्नो ‘प्रेम’ व्यक्त गरेका छन् । र, यो कारण हुन् – जर्जिना रोड्रिग्वेज ।

रोनाल्डोकी गर्लफ्रेण्ड रहेकी इन्फ्लुएन्सर जर्जिनासँग अर्जेन्टिनाको नागरिकता छ । त्यसैले यो तार्किक छ कि पोर्चुगिज स्टारसँग त्यो देशको लागि ठूलो सम्मान छ।

“मेरी प्रेमिका अर्जेन्टाइन हुन् । धेरैलाई थाहा छैन कि उनी आधा अर्जेन्टाइन र आधा स्पेनिस हुन्। म अर्जेन्टिनालाई माया गर्छु । धेरैलाई लाग्छ कि मलाई अर्जेन्टिनाको माया छैन तर मलाई अर्जेन्टिना धेरै मन पर्छ,” रोनाल्डोले भने ।

यस्तो अवस्था हेर्दा म्यान्चेस्टर युनाइटेडका पूर्व खेलाडी किलियन एमबाप्पेको फ्रान्सविरुद्धको ठूलो फाइनलमा अर्जेन्टिना र मेस्सीको समर्थनमा हुनेछन् भन्ने सोच्नु पनि अवास्तविक हुनेछैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०