दाइजो माग्दै श्रीमती कुट्ने डा. पंकज पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ मंसिर २०७९, बुधबार १२:४८

काठमाडौँ | श्रीमतीलाई कुटपिट गरी घरबाट निकाला गरेका डा .पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरीको रामगोपालपुर ५ का ३५ वर्षीय डा .पंकजलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पङ्गेनीले बताए।

उनीविरुद्ध घरेलु हिंसा र दाइजोविरुद्धका मुद्दा चलाइनेछ। आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। अहिले डा. पंकजलाई जिल्ला प्रहरी कार्यालय जलेश्वरको हिरासतमा राखिएको छ। नेहाले भने आफूलाई कुटपिट गरी घर निकाला सासू र ससुराको पनि संलग्नता रहेकाले उनीहरूलाई पनि पक्राउ गर्नुपर्ने माग गरेकी छन्।

मंगलबार दिउँसो डा . पंकजको घरमा बस्न उनकी श्रीमती नेहा चाैधरी पुगेकी थिइन्। तर घरमा पस्न नदिएपछि नेहा गेट अगाडी धर्ना बसिन। त्यसपछि प्रहरीले उनका श्रीमान् डा .पंकजलाई पक्राउ गरेको बुझिएको छ।

डा . पंकज पक्राउ परेपछि उनका परिवारका सबै फरार भएका छन्। अहिले घरको गेटमा ताला झुन्डिएको छ। गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच विवाह भएको थियो।

विवाहमा नेहाका परिवारले नगद र सुनचाँदी गरी १ करोड बढी रुपैयाँ दाइजो दिएको थियो। पंकजले काठमाडौंमा घर दाइजो नपाएको भन्दै श्रीमती नेहालाई कुटपिट गर्दै आएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१