चिसोमा किन सुन्निन्छन् हात खुट्टाका औँला ? यसरी गर्नुस् उपचार

suman100@gmail.com' suman basnet
२७ मंसिर २०७९, मंगलवार १५:४९

चिसो बढेसँगै धेरै मानिसको शरिरमा विभिन्न किसीमको समस्या देखा पर्न थाल्छ । चिसोमा देखिने छाला सम्बन्धी विभिन्न समस्यामध्ये हात खुट्टाको औँला सुन्निने समस्या एक हो । अत्याधिक चिसोका कारण धेरैको यो समयमा हात खुट्टाको औँला रातो हुने, चिलाउने, दुख्ने र सुन्निने हुन्छ ।

चिसोबाट हुने यस्ता खालका समस्या हेर्दा सामान्य देखिए पनि समयमै ख्याल नगरे जटिल रुप लिन सक्छ । समयमै गरिएको उपचार र रोकथामका उपायले यो समस्या निको हुन्छ । तर समयमै उपचार नगर्दा पिप जम्ने र घाउ पाकेर अपरेशन समेत गर्नुपर्ने हुनसक्छ ।

यो कस्तो रोग ?

  • चिसो मौससममा हात खुट्टाको औँला सुन्निनु छाला सम्बन्धी आम समस्या हो ।
  • यो समस्या महिलाहरुमा बढी देखिन्छ ।
  • मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका, चुरोट तथा सुर्तिजन्य पदार्थको बढी प्रयोग गर्नेमा यो समस्या देखिन्छ ।
  • चिसोमा रक्तनलीहरु साँघुरिने भएकाले औँलाहरु रातोपना आउने, पोल्न थाल्ने, चिलाउने हुन्छ ।

यसरी गर्नुहोस उपचार ?

  • वर्षेनी यो समस्याले सताउने गरेको छ भने चिसो सुरु हुने बित्तिकै रोकथामका उपाय अपनाउनुपर्छ ।
  • धेरै चिसो पानी नचलाउने, औँलाहरुलाई न्यानो बनाएर राख्नुपर्छ ।
  • सही उपचार गरिएन भने यो दुई महिनामा बढ्दै जान्छ ।
  • औँला सुन्निने समस्या भएकाले हिटर तथा आगोमा सेकाउने गर्नु हुँदैन ।
  • मनतातो पानीमा नुन हालेर सेकेमा दुखाई र सुन्नाई कम गर्छ ।
  • प्रशस्त मात्रा झोलिलो पदार्थ खानुपर्छ ।
  • चिसोमा हात खुट्टाका औँलाहरु चलाइरहने र मसाज गरिरहनुपर्छ ।
  • बाथ रोग भएकाहरुलाई पनि यो समस्याले वर्षेनी सताउन सक्छ ।
  • लगातारको हिटरको प्रयोगले पनि छालालाई सुख्खा हुने, आँखा पोल्ने, ओठ फुट्ने समस्या हुन्छ ।
  • हिटरको प्रयोग गर्दा कोठामा हावाको राम्रो आवतजावत हुनुपर्दछ ।
  • एउटै बाक्लो कपडा लगाउनु भन्दा धेरै लेयर भएका कपडा लगाउँदा शरीरलाई बढी न्यानो हुन्छ ।
  • छालालाई सुख्खा हुन नदिन मोस्चराइजर, नरिवल, ओलिभ ओयल लगाउन सकिन्छ ।
  • औँला सुन्निने समस्या निको नभए चिकित्सकको परामर्शमा जानुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१