नगरपालिकाका कर्मचारीमाथि कार्यकक्षमै हातपात

suman100@gmail.com' suman basnet
२६ मंसिर २०७९, सोमबार १५:४९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अमिन पदमा कार्यरत ईश्वरी भण्डारीमाथि आफ्नै कार्यकक्षमा हातपात भएको छ । आइतबार दिउँसो ३ः२० बजेको समयमा तिलोत्तमा नगरपालिका वडा नम्बर ७ निवासी खिमानन्द काफ्लेले हातपात गरेका हुन् ।

उनको लालपुर्जामा ५ धुर जग्गा रहेको तर ६ धुर उपभोग गर्दै आएकोमा नगरपालिकाले ५ धुरमा मात्र घर बनाउन दिएको थियो । तर, काफ्लेले आफ्नो घर सानो भएकोले ६ धुरमै बनाउन अनुमति नदिएको विषयमा हात पात गरेको नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीले जानकारी दिएको छ ।

संगठनले विज्ञप्ति निकालेर भण्डारीमाथि हातपात गरी घाइते बनाएको घटनाप्रति निन्दा एवं भर्त्सना गरेको छ । संगठनका अध्यक्ष प्रेमप्रसाद खनाल र सचिव जीवन पौडेलद्वारा जारी विज्ञप्तिमा कर्मचारीको कार्यस्थलको सुरक्षाको प्रत्याभूति गर्दै कार्यसम्पादनको उचित वातावरणको लागि आवाज उठाइरहेको अवस्थामा कार्यस्थलमै आपराधिक घटना हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरिएको छ ।

साथै विज्ञप्तीमा आपराधिक घटनामा संलग्न व्यक्तिमाथि कारबाहीको माग गर्दै घाइते भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । कर्मचारीलाई उच्च मनोवलका साथ काम गर्ने वातावरण मिलाउन समेत संगठनले माग गरेको छ ।

यसैबीच उक्त घटनाप्रति तिलोत्तमा नगरपालिका अन्तर्गतका वडा कार्यालय र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुले आपत्ति प्रकट गरेका छन् । उनीहरुले घटनामा संलग्न दोषीलाई कारवाहीको माग गरेका छन् । यस विषयमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले कार्यालयभित्रै कर्मचारीमाथि हातपात हुनु निन्दनीय भएको भन्दै दोषीमाथि कानुनी कारबाहीको माग गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१